माओवादी केन्द्रका अध्यक्ष दाहाल चितवन जाँदै

माओवादी केन्द्रका अध्यक्ष दाहाल चितवन जाँदै

केन्द्रबिन्दु
0
Shares

सत्ताघटक दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज गृह जिल्ला चितवन जाँदै छन् । चुनाव नजिँकिदै गर्दा नेताहरु चुनावी प्रचारप्रसारका लागी देश दौडाहामा छन् । निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष दाहालको चितवन दौडधुप बढेको छ ।

चिवतनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युुत सबस्टेसनको उद्घाटन गर्नेछन् । त्यसपछि भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिल्यान्यास र भरतपुर महानगरपालिका-२२, धनौजीमा कभर्डहल उद्घाटन गर्नेछन् ।

स्थानीय निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन दलसंग तालमेल गर्र्ने कांग्रेसले निर्णय गरेको छ । तर चतवन कांग्रेसले भने निर्वाचनमा गठबन्धनको विरोध गरेको छ । अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा दाहाल नेतृत्वको माओवादीले राजनीतिक बेइमानी गरेको आरोप चितवन कांग्रेसको छ । यही बीचमा चितवन जान लागेका माओवादी अध्यक्ष दाहालको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।  

Skip This
Skip This
Logo