माओवादी केन्द्रबाट निर्वाचत वडाध्यक्ष सन्तोष आङ्बुहाङ एमाले प्रवेश

माओवादी केन्द्रबाट निर्वाचत वडाध्यक्ष सन्तोष आङ्बुहाङ एमाले प्रवेश

केन्द्रबिन्दु
0
Shares

०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट ताप्लेजुङको आठराइ त्रिवेणी गाउँपालिकाको वडाध्यक्षमा निर्वाचित सन्तोष आङ्बुहाङ एमालेमा प्रवेश गरेका छन्।

माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्यसमेत रहेका उनी एमाले प्रवेश गरेको एमाले ताप्लेजुङ जिल्ला कमिटी उपसचिव दीपेन पोमूले जानकारी दिएका छन्।

उनीसहित अर्का जिल्ला सचिवालय सदस्य सूर्य आङ्वुहाङसहित दर्जनौं एमालेमा प्रवेश गरेको पोमूले बताए।

उनीहरुलाई एमाले पोलिटब्युरो सदस्य तथा पूर्वसांसद तिलकुमार मेन्याङ्वोसहितका नेताहरुले पार्टीमा स्वागत गरेका थिए।

Skip This
Skip This
Logo