चुनावी प्रचारप्रसारका लागी देश दौडाहामा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दैलेख पुगेका छन् । जुम्लाको सिञ्जा र कालिकोटमा पार्टी प्रवेश र चुनावी सभामा सहभागिता जनाउन जाँदै गरेका अध्यक्ष ओली आज विहान दैलेख पुगेका हुन् ।
एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माकाअनुसार दैलेखको दुल्लु पुगेका अध्यक्ष ओली पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरि जुम्लाको सिञ्जा र कालिकोटमा पार्टी प्रवेश कार्यक्रममा जाने जनाइएको छ ।
जुम्ला र कालिकोटमा पार्टी प्रवेश कार्यक्रम चुनावी सभा सकेर नेपालगन्ज हुँदै ओली आज नै काठमाडौँ फर्किने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।





























प्रतिक्रिया