गठबन्धनबाटै चुनावमा जानेमा कुनै द्विविधा छैन : अध्यक्ष दाहाल

गठबन्धनबाटै चुनावमा जानेमा कुनै द्विविधा छैन : अध्यक्ष दाहाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेरै निर्वाचन जाने विषयमा कुनै द्विविधा नरहेको बताएका छन्।

बिहीबार रिपोटर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो। लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका छौं। निर्वाचनमा गठबन्धनबाटै जाने भन्नेमा हामी प्रष्ट छौं।’

उनले भने, ‘कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कांग्रेसले पनि गठबन्धनलाई करिब करिब कायम राखेर जाने भनिसकेपछि त्यसमा कुनै द्विविधा हामीभित्र छैन। हामी मिलेरै जान्छौं। आगामी निर्वाचनकाे परिणामले राजनीतिक स्थायित्व र एकतालाई प्रवर्द्धन गर्न मद्दत गरोस् भन्ने छ।’

उनले अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउन समयमै उपाय अबलम्बन गर्नुपर्ने बताए। त्यसका लागि सत्ता गठबन्धनभित्र पहल सुरु भइसकेको र उपाय निकालिने प्रचण्डले जनाएका छन्।

Logo