पार्टी परित्याग गरी कांग्रेस प्रवेस गर्ने गाँउपालिका अध्यक्षसहित चार जनप्रतिनिधिलाई नेकपा एमालेले कारवाही गरेको छ । सिन्धुपाल्चोकको बलेफी गाँउपालिका अध्यक्ष र तीन वडा सदस्यलाई एमालेले कारबाही गरेर पार्टीबाट निष्कासनको निर्णय गरेको हो ।
बलेफी गाउँपालिका, सिन्धुपाल्चोका अध्यक्ष केदार खत्री क्षेत्रीलाई पार्टीबाट निष्काशन गरेको एमालेले तीन वडा सदस्यलाई पनि कारबाही गरेको छ ।खत्री गत २४ फागुनमा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए ।
त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का वडा सदस्य जानुका रेग्मी, वडा-४ की वडा सदस्य डिला परियार, वडा–७ का दीपक कुमाललाई साधरण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको एमालेले जनाएको छ ।





























प्रतिक्रिया