प्रधानमन्त्री देउवा भारत जाँदा विमानस्थलमा जे देखियाे (भिडियाेसहित)

प्रधानमन्त्री देउवा भारत जाँदा विमानस्थलमा जे देखियाे (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शुक्रबार दिल्ली प्रस्थान गरेका हुन्।

प्रधानमन्त्रीलाई विदाई गर्न सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाण लगायत अन्य शीर्ष नेता विमानस्थल पुगेका थिए। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेको थियो। 

देउवा भारतीय समय अनुसार दिउँसो २ः५० बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएकाे छ। 

मोदीसँगको भेटवार्तापछि हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीको उपस्थितीमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ। बैठक सम्पन्न भएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। त्यसपछि संयुक्त विज्ञप्ति जारी गरिनेछ। 

शनिबार नै दिउँसो ४ः३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन्। प्रधानमन्त्री देउवा आइतबार बिहान ९ बजे उत्तर प्रदेशको वाराणसी पुग्ने कार्यक्रम रहेको छ । वाराणसीबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट ४ः१५ बजे स्वदेश फर्कनेछन्। 

 

Skip This
Skip This
Logo