प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गरेका छन्।
भारत भ्रमणको पहिलो दिन शुक्रबार भारतस्थित नेपाली दूतावासमा आयोजित रात्री भोजमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शनिबार भारतीय प्रधानमन्त्री मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गरेका हुन्।
भारतको तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवा शुक्रबार नयाँ दिल्ली पुगेका हुन्। उनीसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेट वार्ता गरेका छन् भने भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीको कार्यालय पुगेका छन्।































प्रतिक्रिया