प्रधानमन्त्री देउवाको नयाँदिल्लीमा आज हुने महत्वपूर्ण राजनीतिक भेटघाट यस्ता छन्

प्रधानमन्त्री देउवाको नयाँदिल्लीमा आज हुने महत्वपूर्ण राजनीतिक भेटघाट यस्ता छन्

केन्द्रबिन्दु
0
Shares

भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज नयाँदिल्लीमा महत्वपूर्ण राजनीतिक भेटवार्तामा व्यस्त हुनेछन् ।निर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री देउवा स्थानीय समयअनुसार शनिबार विहान १०:४० बजे महात्मा गान्धीको समाधीस्थल राजघाट जानेछन् ।

त्यसपछि ११:१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वन अन वन’ भेटवार्ता गर्नेछन् । मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितीमा नेपाल-भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२:१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयक्तु विज्ञप्ति जारी गरिनेछ । 

शनिबार नै दिउँसो ४:३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् । प्रधानमन्त्री देउवा आइतबार विहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने कार्यक्रम रहेको छ । वाराणासीबाट पुन: नयाँदिल्ली आई उनी त्यहाँबाट ४:१५ बजे स्वदेश फर्कनेछन् ।

Logo