शान्ति सुरक्षा खलबल्याउन खोज्नेलाई सरकारले छाड्दैन : गृहमन्त्री खाण

शान्ति सुरक्षा खलबल्याउन खोज्नेलाई सरकारले छाड्दैन : गृहमन्त्री खाण

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाणले सरकारको प्रमुख दायित्व भनेको शान्ति सुरक्षा र सुशासन कायम गर्नु भएको बताएका छन्। दलहरूले शान्तिपूर्वकरूपमा गर्ने सभा सम्मेलनमा अवरोध पुर्याउने कोही कसैलाई सरकारले नछाड्ने उनले चेतावनी दिए। 

नेपाली कांग्रेस धनकुटाले शनिबार आयोजना गरेको आमसभामा मन्त्री खाणले स्थानीय निर्वाचनमा सरकारमा सहभागी दलहरूबीच गठबन्धन हुने भन्दै त्यसै अनुरुपको तयारीको साथ अगाडि बढ्न सबै गठबन्धन दललाई आग्रहसमेत गरे।

चुनाव नजिकिँदै गर्दा राजनैतिक दलहरूले एक अर्कामाथि विभिन्न खाले अवरोध गरेर शान्ति सुरक्षा खलबल्याउन सक्ने भन्दै त्यस्ता गतिविधिमा संलग्न हुने जो सुकैलाई सरकारले कारबाहीको दायरामा ल्याउने उनले बताए।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता गरेर नेपालमा विदेशी सेना आउने भनेर भ्रम फैलाउने गरेको भन्दै उनले सम्झौतापछि सेना आउने नभई बिजुली उत्पादनमा वृद्ध भई विकास निर्माणमा सहयोग पुग्ने स्पष्ट पारे। नेपालमा डिजेल र पेट्रोलको माग बढी भएको र त्यसलाई व्यवस्थित गर्न बिजुलीको उत्पादन बढाउनु पर्ने भएकाले एमसीसी परियोजनामा सम्झौता गरिएको उनले बताए।

Logo