प्रधानमन्त्री देउवाद्वारा विश्वनाथ मन्दिरमा पूजाअर्चना

प्रधानमन्त्री देउवाद्वारा विश्वनाथ मन्दिरमा पूजाअर्चना

केन्द्रबिन्दु
0
Shares

भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरेका छन्। 

देउवा पत्नी डा. आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा. नारायण खड्का र भारतीय राजदूत विनयमोहन क्वात्रा लगायतकाे उपस्थिति थियो । साथमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि सहभागी थिए। 

नयाँ दिल्लीबाट आइतबार बनारस पुगेका प्रधानमन्त्री देउवालाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पुगेका थिए। 

बनारसको भ्रमणपछि प्रधानमन्त्री देउवा स्वदेश फर्किने कार्यक्रम छ। प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा गएका हुन्।

Skip This
Skip This
Logo