आसन्न स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धन दलले तालमेल मोडालिटि आज टुङ्गो लगाउने भएको छ । मोडालिटिबारे छलफल गर्न सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज बस्दै छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीनेरमा सुरु हुने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल हुने जनाइएको छ । गत १७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।
तर तालमेल मोडालिटिबारे छलफल भएको थिएन । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बस्ने भएको हो । आजको बैठकमा तालमेलको मोडालिटी टुंग्याउनेगरी छलफल हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् ।





























प्रतिक्रिया