इञ्जीनियर्स एशोशिएशन अध्यक्षमा लामिछाने

इञ्जीनियर्स एशोशिएशन अध्यक्षमा लामिछाने

केन्द्रबिन्दु
0
Shares

प्रोग्रेसिभ इञ्जीनियर्स एशोसिएशन नेपाल (पिन)को नवौँ राष्ट्रिय अधिवेशनबाट डा.सुरज लामिछाने अध्यक्षमा चयन भएका छन् । लामीछानेको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा अमनकुमार मास्के, दुजेन्द्र बस्नेत, देउकाजी गुरुङ, डा एसपी पराजुली, शिभम पुरी र  सञ्जीव रोकाहा, महासचिवमा डा भेषराज थापा, उपमहासचिवमा टेकराज सुवेदी र सौम्य भट्ट, सचिवमा प्रकाश जिसी, राजन थापा, धु्रवराज भट्टराई, अदता रेग्मी, सुमन न्यौपाने, नरेश खड्का र कोषाध्यक्षमा तेजप्रसाद धमला चयन भएका छन् । 

अध्यक्ष लामिछानेलाई निवर्तमान अध्यक्ष शम्भुबहादुर श्रेष्ठले पदभार हस्तान्तरण गरे। अधिवेशनको उद्घाटन यही चैत २२ गते नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

Skip This
Skip This
Logo