आचारसंहिता उल्लंघन गरे निर्वाचन कसुरअनुसार कारबाही हुन्छ : दिनेशकुमार थपलिया

आचारसंहिता उल्लंघन गरे निर्वाचन कसुरअनुसार कारबाही हुन्छ : दिनेशकुमार थपलिया

केन्द्रबिन्दु
0
Shares

आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आचारसंहिता शुक्रबार मध्यरातिबाट लागु हुनेछ ।

यसबारे जानकारी दिन शुक्रबार अपरान्ह आफ्नै कार्यालयमा गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरे कारबाही हुने चेतावनी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघन गरे निर्वाचन कसुरअनुसार कारबाही हुने बताए । 

‘आचारसंहिता पालना गर्छौं भनेर प्रतिबद्धता जनाउने, तर उल्लंघन गरेमा निर्वाचन कसुरअनुसार कारबाही हुन्छ,’ प्रमुख आयुक्त थपलियाले भने । आचारसंहिता उल्लंघन गर्ने कसैलाई छुट नभएको र गरेमा कारबाही गरेरै छाड्ने उनले बताए । 
 

Logo