सत्ता गठबन्धनको निर्वाचन परिचालन समिति बैठक बस्दै

सत्ता गठबन्धनको निर्वाचन परिचालन समिति बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनको स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समितिको बैठक आइतबार बस्दैछ ।

आइतबार  समितिका संयोजक एवम् कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी तालमेल गर्नुपर्ने वा नपर्ने भन्ने स्थानीय तहको प्रतिवेदनमाथि छलफल गर्न बैठक बोलाएको बताइएको छ । 

बैठकले चुनावी तालमेल कहाँ–कहाँ गर्ने ? कसरी गर्ने ? भन्नेबारे छलफल गरेर गठबन्धनका शीर्ष नेताहरू माझ प्रस्तुत गर्ने छ । 

पौडेलले बेलुका ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी समिति बैठक बोलाएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । 

Logo