दलहरूको सहयोग भए प्रदेश १ को नाम यसै वर्ष टुंगिन्छ : मुख्यमन्त्री राई

दलहरूको सहयोग भए प्रदेश १ को नाम यसै वर्ष टुंगिन्छ : मुख्यमन्त्री राई

केन्द्रबिन्दु
0
Shares

प्रदेश नम्बर एकका  मुख्यमन्त्री राजेन्द्र राईले नयाँवर्ष २०७९ सालको अवसरमा प्रदेश नं. १ सहित देश, विदेशमा बसेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन् । 

उनले सबैको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै नयाँवर्ष थप सुखद र उपलब्धीमूलक बन्न सकोस् भनी कामना गरेका छन् ।  

आज नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सबैमा समाजिक न्याय, सद्भाव, सुमधुर सम्बन्ध बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । 
 
विज्ञप्तिमा भनिएको छ ‘हामी प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम वर्षमा आइपुग्दा विगत चार वर्ष कसरी व्यतित भए सिंहावलोकन गर्दै अब बाँकी समय कसरी उपलब्धीमूलक बनाउने भन्ने एउटा चुनौतीपूर्ण अवस्थामा पनि छौं । प्रदेश नं. १ को नामकरण गर्न थाती रहेको सन्दर्भमा अबका दिनमा प्रदेश सभाको प्रमुख राजनीतिक दल यस कार्यमा सक्रियताका साथ प्रस्तुत हुने अपेक्षा गरेको छु । प्रदेश सभामा रहेका मुख्य राजनीतिक दलहरूको सहयोग, समर्थन र खुल्ला प्रयास भएको अवस्थामा प्रदेश नं. १ को नामकरण यसै वर्षमा टुंगिने विश्वास पनि व्यक्त गर्दछु । ’

उनले विगतमा शान्ति, स्थिरता, सुशासनका लागि दिइएको जनमत खण्डित हुँदा एक अलग परिस्थितिमा हामी सरकार सञ्चालन गर्न आइपुगेको बताउँदै २०७८ साल कोरोना महामारी र त्यसको संक्रमणका कारणले केही सुखद नभएको भन्दै सीमित साधन स्रोतका बाबजुद पनि हामी जनताको अपेक्षा पूरा गर्न प्रयास भएको उल्लेख गरेका छन् ।  

Skip This
Skip This
Logo