चुनावी खर्चबारे पानीमाथिकाे ओभानो कोही नबनौं : डा बाबुराम भट्टराई

चुनावी खर्चबारे पानीमाथिकाे ओभानो कोही नबनौं : डा बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. डा बाबुराम भट्टराईले चुनावी खर्चबारे काेही पनि पानीमाथिकाे ओभानो नबन्न आग्रह गरेका छन्। सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै उनले यस्ताे आग्रह गरेका हुन् । 

'पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल गर्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो', उनले भनेका छन्, 'चुनावी खर्चबारे पानीमाथिकाे ओभानो कोही नबनौं।' भट्टराईले २ बुँदे सुझाव पनि दिएका छन् । 

तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिका बनाउने र चुनावी खर्च राज्यले बेहोर्ने हाे भने देशमा भ्रष्टाचार नहुने उनकाे भनाइ छ ।

उनले भनेका छन्, 'चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं। पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो भन्ने कटुसत्य स्वीकारेर यसो गरौं, १. तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिका, २. चुनावी खर्च राज्यले बेहोर्ने !'

Logo