नेपालको विकास साझेदारीमा जापानको सबैभन्दा ठूलो योगदान छ : परराष्ट्रमन्त्री खड्का

नेपालको विकास साझेदारीमा जापानको सबैभन्दा ठूलो योगदान छ : परराष्ट्रमन्त्री खड्का

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताएका छन्।

नेपाल जाईका अलमनाई एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले जापानमा गएका नेपालीहरुले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढनुपर्ने पनि बताए । उनले जापानले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको पनि खुलेर प्रशंसा गरे। भूकम्प गएको बेला होस् वा कोभिडको बेला जापानले नेपालमा ठूलो मानवीय सेवाको क्षेत्रको काम गरेको उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि नेपाल सरकारको तर्फबाट धन्यवादसमेत व्यक्त गरे। 

मन्त्री खड्काले जापानले नेपाललाई विनाशर्त सहयोग गर्दै आएको पनि स्मरण गराए। उनले नेपालको विकास साझेदारीमा जापान सरकारको सबैभन्दा ठूलो योगदान रहेको पनि बताए।

Skip This
Skip This
Logo