सत्तारुढ गठबन्धनको बैठक दिउँसाे २ बजेलाई सर्‍यो

सत्तारुढ गठबन्धनको बैठक दिउँसाे २ बजेलाई सर्‍यो

केन्द्रबिन्दु
0
Shares

पाँच दलीय गठबन्धनको बैठक मंगलबार दिउँसो २ बजेलाई सरेको छ। 

बिहान साढे ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेलाई सरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। 

गठबन्धनमा महानगर र उपमहानगरको भागबन्डा मिल्न सकेको छैन। सबै दलले आ-आफ्नै अडान कायम राखेपछि बैठक भागबन्डाबारेको विवाद झन् पेचिलो बन्दै गएको छ। 

सोमबार दुईपटक बसेको बैठकमा समेत सहमति जुट्न सकेको थिएन। ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भागबन्डाबारे दलहरू आ-आफ्नै अडानमा कायम छन्। जसले गर्दा यसअघि तयार भएको मस्यौदामा सहमति जुट्न नसकेको हो। 

Logo