नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनको भागबन्डामा आफ्नो पार्टीलाई अपमान गर्न खोजिएको बताएका छन् ।
नेकपा गौरवशालीसँगको पार्टी एकता घोषणा सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरूलाई अपमान गर्न खोजिएको भन्दै कुनै पनि पक्षबाट हुने अपमान सैह्य नहुने बताए ।
आफूहरू विद्रोहको प्रतीक भएको भन्दै नेपालले अपमान सहन नसकेर विद्रोह गरेको शक्ति भएको भन्दै आफूहरूको शक्तिलाई कम नआँक्न चेतावनीसमेत दिए। ‘हामीलाई अपमान गर्ने कोसिस गरियो । हामी अपमान सहन जन्मिएका होइनौँ’, नेता नेपालले भने, ‘अपमानका विरुद्ध विद्रोह गरेका शक्ति हौँ। हामी हाम्रो शक्तिको अति मूल्याङ्कन गर्दैनौँ तर अवमूल्यन गर्न पनि पाइँदैन।’
सात महिनामै नेकपा एसले मेचीदेखि महाकालीसम्म जनलहर सिर्जना गरेको बताउँदै नेपालले सत्ता गठबन्धनमा चुनावी भागबन्डा हैसियत अनुसार नै हुने बताए।
प्रतिक्रिया