फेरि कम्युनिष्ट एकता हुन्छ, यसकाे नेतृत्व माओवादी केन्द्रले लिन्छ : अध्यक्ष दाहाल

फेरि कम्युनिष्ट एकता हुन्छ, यसकाे नेतृत्व माओवादी केन्द्रले लिन्छ : अध्यक्ष दाहाल


माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि कम्युनिष्ट एकता हुने बताएका छन् । 

कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहंकारी प्रवृत्तिको अन्त्य गरेर कम्युनिष्ट एकता हुने बताए । 

साविक नेकपा तीन टुक्रा र एमाले दुई टुक्रा हुने गरि भएको निरकुंश र अहंकारी प्रवृत्तिलाई आसन्न निर्वाचनबाट पररास्त गरेर कम्युनिष्ट एकता हुने प्रचण्डको दाबी छ।

यसरी हुने कम्युनिष्ट तथा वाम एकतामा माओवादीको नेतृत्व हुने बताउँदै उनले यसको नेतृत्व आफूले लिने बताए। आसन्न निर्वाचनमा माओवादीलाई जनताको साथ रहने प्रचण्डले विश्वास व्यक्त गरे। 

Logo