केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउनै पर्ने भएको छ : गगन थापा

केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउनै पर्ने भएको छ : गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी ओलीलाई ट्युसन पढाउने बताएका छन्। ओलीले नेपाली कांग्रेसले बनाएको घोषणापत्रमा आफ्नो आईडिया चोरेको आरोप लगाएपछि त्यसकाे जवाफ दिँदै थापाले समय मिलेपछि बालकोट नै पुगेर ट्युन पढाउने बताएका हुन्। 

स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरूको भूमिका विषय अन्तर्क्रिया कार्यक्रममा बुधबार थापाले बालकोट नै पुगेर समृद्धि र समुन्नतिका विषयमा ट्युसन बढाउने बताएका हुन्। 

‘मेरो आइडियो चोर्‍यो भन्नुभएको छ । मलाई पनि अहिले दौडधूप छ । उहाँलाई पनि चुनाव लागेर दौडधूप चलिरहेको छ । अलिकति भ्याएको बेलामा म बालकोटै गएर ट्युसन पढाउनेछु । एउटा विषयमा त पढाउनै पर्ने भएको छ,’ उनले भने ।

ओलीलाई लजिक नभई म्याजिक मन पर्ने उनले बताए । आफूले बनाएको घोषणापत्रमा लजिकको कुरा भएको दाबी पनि गरे । ओलीको समृद्धिको आइडियामा अहंकारको भ्युटावर रहेको बताउँदै थापाले भने, ‘तपाईंको समृद्धिमा अहंकारको भ्युटावर छ। त्यो अहंकारको भ्युटावरबाट तल हेर्दा मान्छेहरू गान्टेमान्टे देखिन्छन्। हाम्रो समुन्नतिको आइडियामा तल भ्युटावरमुनि भएका गान्टेमान्टेहरूको जीवनको दुःख छ। त्यो दुःखलाई कसरी हल गर्ने भन्ने त्यसको समाधान छ ।’

Logo