राप्रपा नेपालका उपाध्यक्ष उद्वव पौड्यालले पार्टी छाडे

राप्रपा नेपालका उपाध्यक्ष उद्वव पौड्यालले पार्टी छाडे

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपालका उपाध्यक्ष उद्वव पौड्यालले पार्टी परित्याग गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामा पत्र बुझाएका हुन्। 

पौड्याल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए। उनले साधारण सदस्यसमेत नरहने गरि राजीनामा दिएका हुन्।

राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएसँगै कमल थापाले राप्रपा नेपाल ब्युँताएपछि पौड्याल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए। थापाले उनलाई गत १८ फागुनमा उपाध्यक्ष मनोनीत गरेका थिए। 

राप्रपा नेपालले स्थानीय निर्वाचनमा एमालेसँग तालमेल गरेर अघि बढेपछि पौड्याल असन्तुष्ट रहेको बुझिएको छ। स्थानीय निर्वाचनमा राप्रपा नेपालले एमालेको चुनाव चिह्न सूर्य लिएर उठ्ने भएको छ। सो विषयमा पौड्यालले असहमति जनाएका थिए।

पौडेल यसअघि संघीय संसद्को निर्वाचनमा राप्रपा, नेपालबाट समानुपातिक उम्मेदवार पनि थिए। उनी राप्रपा नेपालले राजतन्त्रको एजेन्डा त्यागेपछि असन्तुष्ट रहँदै आएका थिए। 

Logo