गण्डकी प्रदेश : कांग्रेस पार्टी कार्यालयमा तोडफोड, २४ जना पक्राउ

गण्डकी प्रदेश : कांग्रेस पार्टी कार्यालयमा तोडफोड, २४ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

गठबन्धनमा असहमति जनाउँदै विरोधमा उत्रिएका पोखराका कांग्रेस कार्यकर्ताले प्रदेश कार्यालयमा तोडफोड गरेका छन्। आफ्नो वडामा अरू पार्टीलाई अध्यक्ष दिएको भन्दै पोखरा १८ र २४ का कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्दै तोडफोडमा उत्रिएका हुन् ।

उनीहरूले प्रदेश सभापति शुक्रराज शर्माको कार्यकक्षमा रहेको फर्निचर फुटाएका छन्। तोडफोडमा उत्रिएको भन्दै कास्की प्रहरीले २४ जनालाई पक्राउ गरेको छ। कांग्रेसबाट उम्मेदवारी दिएका उम्मेदवारलाई माथिको निर्देशन भन्दै फिर्ता लिन आग्रह गरेपछि कार्यकर्ता आक्रोशित भएका हुन्।

आफैंले तोडफोड गरेको स्वीकारेका कारण उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए। कांग्रेसले यसअघि ३३ वटै वडामा आफ्नो प्यानल उठाएको थियो। तर अहिले गठबन्धन हुने ठाउँमा उम्मेदवारी फिर्ता लिन लगाएको छ।

Skip This
Skip This
Logo