दुई नेता र तीन पार्टीलाई आयोगले गरायो सचेत

दुई नेता र तीन पार्टीलाई आयोगले गरायो सचेत

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले दुई नेता र तीन राजनीतिक दललाई सचेत गराएको छ ।

अघिल्लो चुनावमा खर्चको गलत विवरण बुझाएको भन्दै निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइराला र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई सचेत गराएको हो । कांग्रेस नेता शशांक कोइरालाले तत्कालिन निर्वाचनमा आफूले ६ करोड खर्च गरेको भनी अभिव्यक्ति दिएका थिए ।

यस्तै अधिकारीले पनि अभिलेखअनुसारको निर्वाचन खर्चको रकम र हाल व्यक्त गरेको अभिव्यक्ति एकआपसमा फरक भएको आयोगले जनाएको छ। ‘आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउने र उक्त व्यहोराको जानकारी सम्बन्धित व्यक्तिलाई गराउने’ आदेशमा भनिएको छ।

यस्तै निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपालाई पनि सचेत गराएको छ । 
आचारसंहिता उल्लंघन गरेको भनी नेकपा माओवादी केन्द्रले विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ समेतको फोटो राखिएको चुनावी पोष्टर तयार गरेको विषयमा सचेत गराएको हो।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दलले गत चैत २६ गते भृकुटीमण्डपमा गरेको जनसभामा आचारसंहिता प्रतिकूल दलको झण्डा र बालबालिकाको प्रयोग गरेको विषयमा आयोगले छानबिन गर्दा आचारसंहिता विपरीत काम भएको ठहर गरेको छ। 

यस्तै गत चैत २७ गते मकवानपुरको हेटौंडामा राप्रपाले गरेको कार्यक्रममा आचारसंहिताविपरीत झण्डा र बालबालिकाको प्रयोग भएको विषयमा पनि आयोगले सचेत गराएको छ।

Logo