स्थानीय तहको चुनावको परिणामले गठबन्धनमा असर गर्दैन : आरजु देउवा

स्थानीय तहको चुनावको परिणामले गठबन्धनमा असर गर्दैन : आरजु देउवा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले स्थानीय तहको निर्वाचनबाट आउने परिणामले गठबन्धनमा कुनै असर नपर्ने बताएकी छन् । 

सोमबार धनगढीमा पत्रकारसँग कुरा गर्दै देउवाले अहिलेको गठबन्धन विशेष परिस्थितीमा देशको रक्षा गर्न र संविधान जोगाउन बनेको भन्दै स्थानीय तह निर्वाचनको परिणामले गठबन्धनलाई कुनै असर नगर्ने बताइन् । ‘चुनाव हारे पनि जिते पनि अहिलेको गठबन्धन निरन्तर चलिरहने छ,’ देउवाले भनिन्, ‘गठबन्धन टुटेमा देश फेरि संकटमा पर्ने निश्चित छ।’

केन्द्रीय सदस्य देउवाले अहिलेको गठबन्धनका कारण संविधान जोगिएको भन्दै कुनै अप्ठ्यारो नमानि गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न मतदातालाई आग्रह गरिन् ।

‘ओलीले संविधानलाई नै समाप्त पर्न खोजेका बेला त्यसलाई जोगाउन यो गठबन्धन बनेको हो,’ उनले भनिन्, ‘यसलाई सवै कार्यकर्ताले बुझ्नु पर्छ, धेरैले कुरा नबुझेका कारण समस्या भएको देखिन्छ ।’

देउवाले धनगढी उपमहानगरपालिमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउनसमेत आग्रह गरिन् । नृपबहादुर वड ५ दलबाट साझा उम्मेदवारका रुपमा धनगढीको मेयरमा उम्मेदवार रहेको भन्दै उनले वडलाई जिताएर धनगढीको भविष्य सुनिश्चित गर्न आग्रह गरिन् । यसअघि वड धनगढीको मेयर हुँदा राम्रो काम गरेको भन्दै उनले फेरि पनि वडलाई नै मेयरमा जिताएर महानगरपालिकाको भविष्य कोर्न आग्रह गरिन् । 

Skip This
Skip This
Logo