वैशाख ३० गते सार्वजनिक बिदा

वैशाख ३० गते सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

सरकारले स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मतदानको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

‘स्थानीय तह निर्वाचन, २०७९ को मतदान हुने २०७९ वैशाख ३० गते शुक्रबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषदबाट २०७९ वैशाख २५ मा निर्णय भएको हुँदा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयले आज एक सूचना प्रकाशित गरी भनेको छ । 

यही वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ मतदान हुँदैछ ।

Skip This
Skip This
Logo