कानून व्यवसायी सूर्यबहादुर केसीको प्रमाणपत्र रद्द

कानून व्यवसायी सूर्यबहादुर केसीको प्रमाणपत्र रद्द

केन्द्रबिन्दु
0
Shares

नेपाल कानून व्यवसायी परिषद्ले काठमाडौं जिल्ला अदालत बार एकाइका सदस्य अधिवक्ता सूर्यबहादुर केसी खत्रीको कानून व्यवसायीको प्रमाणपत्र रद्द गरेको छ । 

परिषद्ले बुधबार विज्ञप्ति निकालेर परिषद् अन्तर्गतको अनुशासन समितिको वैशाख १६ गतेको बैठकले खत्रीको कानून व्यवसायीको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

लागुऔषध मुद्दामा सजाय पाएका अधिवक्ता खत्रीको कानून व्यवसायीको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको उल्लेख गरिएको छ । यसअघि परिषद्ले वैशाख १३ गते कानून व्यवसायी अधिवक्ता प्रकाश खतिवडाको पनि कानून व्यवसायीको प्रमाणपत्र रद्द गरेको थियो । 

Logo