नीलकण्ठमा काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप, २० जना घाइते

नीलकण्ठमा काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप, २० जना घाइते

केन्द्रबिन्दु
0
Shares

धादिङको नीलकण्ठ नगरपालिका-६ भोर्लेमा काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा २० जना भन्दा बढी घाइते भएका छन् । 

प्रहरीका अनुसार घाइतेहरूको धादिङ अस्पतालमा उपचार भइरहेको छ । मौन अवधि सुरु भैसकेको अवस्थामा नेपाली काँग्रेस र माओवादी केन्द्रका नेता-कार्यकर्ता बुधबार राति पनि चुनावी प्रचारप्रसार गरिरहेका थिए । सोही बेला झडप भएको स्थानीयले बताएका छन् ।  

चुनावी प्रचारमा लागेका दुई पार्टीका कार्यकर्ताबीच जम्काभेट हुँदा झडप भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । झडपमा परि नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको टाउको र आँखामा ,गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । 

झडप भइसकेपछि नेपाली काँग्रेस र माओवादी केन्द्रले एक अर्कालाई दोष दिइरहेका छन् । धादिङमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी बिच तालमेल गरिएको छ। नीलकण्ठ नगरपालिकामा मेयर नेपाली काँग्रेस र उपमेयर माओवादी केन्द्रलाई भाग परेको हो ।

तर दलहरूले नीलकण्ठ नगरपालिकामा वडा नम्बर ६ मा आ-आफ्नै उम्मेदवार उठाएका छन् ।सत्तारुढ गठबन्धनले केन्द्रमा तालमेल गरेर सोही अनुसार देशभर स्थानीय पालिकामा तालमेल गर्न खोजे पनि त्यसो हुन सकेको छैन । केन्द्रको निर्णय मान्दै तालमेल गरेर चुनावमा होमिए पनि तल्लो स्तरका कार्यककर्तामा तीव्र असन्तुष्टि देखिएको छ । 

Skip This
Skip This
Logo