नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले एमालेले हारलाई स्वीकार गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत नेकपा एमालेको विज्ञप्तिको जवाफ फर्काउँदै उनले यस्तो बताएका हुन्।
आइतबार एमालेले सत्ता गठबन्धनले तीन चरणमा धाँधली गरेको आरोप लगाएको थियो । त्यसको जवाफमा नेता भण्डारीले जनताको मतलाई अपमान गर्न नहुने बताएका छन् । ‘हारलाई स्वीकार गर्नु पर्दछ। जनताको मत लाई अपमान गर्नुहुँदैन,’ उनले भनेका छन्, ‘कमजोरी खोजौँ आफूलाई बदलौँ । समयलाई चिनौँ, युवाहरूको भावना बुझौँ !’
नेता भण्डारीले पराजयलाई सत्ताको दुरुपयोगसँग नजोड्न पनि आग्रह गरे। ‘पराजयलाई सत्ताको दुरुपयोगसँग जोडेर सिंहदरबारको सरकार र ६ वटा प्रदेशको सरकार गुमाउनुको कारणबाट मुक्त हुन नखोजौँ,’ उनले अगाडि भनेका छन्।





























प्रतिक्रिया