संघीय संसद्को बजेट अधिवेशन सुरु, एमालेकाे अवराेध हट्याे

संघीय संसद्को बजेट अधिवेशन सुरु, एमालेकाे अवराेध हट्याे

केन्द्रबिन्दु
0
Shares

संघीय संसद्को बजेट अधिवेशन सुरु भएको छ। 

बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए । 

यसपछि एमालेको विरोध भएपछि सभामुख सापकोटाले एमालेका प्रदीप ज्ञवालीलाई बोल्न समय दिएका छन् । उनले अहिले आफ्नो धारणा राखिरहेका छन् ।

नवौँ र दशौँ अधिवेशनमा आफूहरूको विरोध रहेको र अहिले विरोधको स्वरुप परिवर्तन गरेको जानकारी दिएका उनले सरकार देश संकटमा पर्दा आफूहरू सचेत प्रतिपक्षीको भूमिका निभाउने बताए । 

Logo