समृद्ध नेपाल निर्माणमा अघि बढ्नु पर्छ : अध्यक्ष नेपाल

समृद्ध नेपाल निर्माणमा अघि बढ्नु पर्छ : अध्यक्ष नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट आर्थिक सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणका लागि अगाडि बढ्न आग्रह गरेका छन् । उनले १५औँ गणतन्त्र दिवसका अवसरमा विज्ञप्ति जारी गरि मुलुकमा गणतन्त्र स्थापनार्थ भएका विभिन्न आन्दोलनमा जीवनोत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरे ।

जनताको बलिदानीपूर्ण सङ्घर्षको फलस्वरुप लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक तथा समावेशी शासन व्यवस्थासहितको संविधान निर्माणमा सफलता प्राप्त भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। “सार्वभौमसत्ता पूर्णरुपमा जनतामा नीहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन सञ्चालन हुने व्यवस्था उत्कृष्ट राजनीतिक प्रणाली भए पनि ती व्यवस्थाबाट जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सकिएको छैन”, उनले भनेका छन्। 

अध्यक्ष नेपालले मुलुकलाई पुनः राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयासलाई जनताले असफल बनाएकाले जनभावनाको कदर गर्दै संविधानद्वारा निर्दिष्ट दायित्व पूरा गर्नु, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गरि देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउनु अहिलेको आवश्यकता भएको उल्लेख गरेका छन्।

“असंलग्न परराष्ट्र नीतिप्रति निष्ठावान् रहँदै राष्ट्रको सार्वभौमसत्ता र स्वाभिमानको रक्षार्थ दृढ रहनु प्रत्येक नेपालीको कर्तव्य र जिम्मेवारी हो”, विज्ञप्तिमा भनिएको छ।

Logo