स्थानीय लगतै संघीय निर्वाचनको चर्चा, सत्ता गठबन्धन छलफलमा

स्थानीय लगतै संघीय निर्वाचनको चर्चा, सत्ता गठबन्धन छलफलमा

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मितिबारे छलफल प्रवेश भएको छ । सोमबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कहिले गर्दा उपयुक्त हुन्छ भन्ने विषयले प्रवेश पाएको हो । 

त्यसक्रममा केही दलका नेताहरुले कात्तिक अन्तिम साता गर्दा उपयुक्त हुने भन्दै मिति प्रस्ताव गरेका थिए भने केहीले मंसिर अन्तिम सातामा गर्दा पनि हुने धारणा राखेका थिए । 

एक नेताका अनुसार दलहरुबीच सहमति जुटाएर निर्वाचन आयोगसँगको परामर्शमा सरकारले मिति तोक्ने छ ।  उनले संविधानअनुसार मंसिरमा कार्यकाल सकिने भएपनि मंसिरमा मौसमका कारण बाधा पुग्ने भएकाले कात्तिक अन्तिम साता नै उपयुक्त हुनेमा लगभग दलहरुबीच एकमत रहेको बताए । 

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे एकसरो छलफल भएको पुष्टि गरे ।

 

Logo