संघ र प्रदेशको निर्वाचनमा गठबन्धन टिक्ने अवस्था रहँदैन

संघ र प्रदेशको निर्वाचनमा गठबन्धन टिक्ने अवस्था रहँदैन

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री छविलाल विश्वकर्माले आगामी संघ र प्रदेशको निर्वाचनसम्म सत्तारुढ गठबन्धन टिक्ने अवस्थामा नरहेको दावी गरेका छन् ।

नेता विश्वकर्माले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न पुष्पकमल दाहाल र माधवकुमार नेपालले एमालेले आफूहरुलाई प्रधानमन्त्रीमा अफर गरिरहेको हल्ला फैलाएको पनि बताए । १७ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमाले भित्र प्रधानमन्त्री कसैलाई बनाउने भन्ने विषयमा छलफल नै नभएको तर गठबन्धनमा आफ्नो प्रभाव विस्तार गर्न दाहाल र नेपालले सो हल्ला फिजाएको बताए । स्थानीय तह निर्वाचनमा पार्टी भित्रकै कमजोरीका कारण अपेक्षा अनुसार नतिजा आउन नसकेको भन्दै नेता विश्वकर्माले आगामी संघ र प्रदेशको निर्वाचनमा भने पार्टीको सिंगो शक्तिलाई परिचालन गरेर अघि बढने बताए । उनले भने, ‘स्थानीय तह निर्वाचनमा हामीले अपेक्षा गरे अनुसारको परिणाम आएन । अव समस्या बाहिर मात्रै देखाउने काम छैन । यसको गम्भिर समिक्षा गरेर आगामी संघ र प्रदेशको निर्वाचनको तयारीमा हामी जुट्छौं । पार्टीले बाहिर चर्चा भएजस्तो कसैलाई पनि प्रधानमन्त्री बनाउने भनेर छलफल गरेको छैन । तर, गठबन्धनमा आफ्नो हातमाथि पार्न प्रचण्ड माधव नेपालले त्यस्तो हल्ला चलाईरहेका छन । त्यो होइन । हामी आफ्नै शक्ति र सामथ्र्य परिचालन गरेर आगामी निर्वाचनको तयारी गर्छौं ।’

नेता विश्वकर्माले पार्टी भित्र असन्तुष्ट नेता, कार्यकर्ताको मागलाई सम्बोधन गरेर आफूहरु संघ र प्रदेशको निर्वाचनको तयारीमा लाग्ने बताए ।

Logo