नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा विपद् जोखिम न्यूनिकरणका सवाल उठान भएको छ ।
आइतबार बसेको २६ औं सचिवालय बैठकमा विपद् जोखिम न्यूनिकरण र व्यवस्थापनका सवाल उठान भएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले बताए । ।
उनका अनुसार यस वर्ष पनि अघिल्लो वर्ष झै अधिक वर्षा हुने मौसम बिद्हरुको पूर्व अनुमानलाई ख्याल राख्दै बाढी पहिरो र मौसमका कारण हुन सक्ने क्षतिलाई मध्यनजर गर्नुपर्ने भन्दै जोखिम व्यवस्थापनको पूर्व तयारीका लागि तिनै तहका सरकार र सरोकारवाला पक्षलाई ध्यानाकर्षण समेत गराइएको उपमहासचिव तुलाधरले बताए ।
विपद् जोखिम न्यूनिकरण र व्यवस्थापनका लागि पार्टीको सम्पूर्ण शक्ति जुट्ने र परिचालित हुने ,विपद् प्रतिकार्यमा परिचालित हुन र पूननिर्माण जस्ता मानविय सहयोगमा सम्पूर्ण पार्टी पंक्ति जुट्न समते बैठकले निर्णय गरेको छ ।
विश्व वातावरण दिवसको सन्दर्भमा भएको सचिवालय बैठकले वातावरण जोगाउने र सचेतना फैलाउन समेत आब्हान गरेको छ ।































प्रतिक्रिया