प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)मा आर्थिक साझेदारी प्रवर्द्धन गर्न र चुनौतीहरूलाई सम्बोधन गर्न सदस्य राष्ट्रहरूबीच एकता, ऐक्यवद्धता र सहकार्यमा जोड दिएका छन्।
बिमस्टेकको २५औं वार्षिकोत्सवको अवसरमा सोमबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन्।
बिमस्टेक सदस्य राष्ट्रका जनता र सरकारलाई शुभकामना दिँदै प्रधानमन्त्री देउवाले शान्ति, विकास र समृद्धिको क्षेत्रीय आकांक्षालाई पुरा गर्न संगठनलाई सक्षम बनाउनु पर्ने समेत बताएका हुन्।
यसैगरी बिमस्टेकको २५औं वार्षिकोत्सवको अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले छुट्टै सन्देश जारी गर्दै बिमस्टेक पुनर्जीवित गर्न राजनीतिक इच्छाशक्तिको आवश्यकता रहेको बताएका छन्।
शान्ति र समृद्धिको साझा लक्ष्य हासिल गर्न बिमस्टेक सम्झौताको समयमै र प्रभावकारी कार्यान्वयन सुनिश्चित गनुपर्नेमा उनले जोड दिएका छन्।





























प्रतिक्रिया