सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूबीच छलफल भएको हो।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए।

उक्त बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। गठबन्धनले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेको छ। एकीकृत समाजवादीबाट सहभागी भएकामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

सरकारबाट फिर्ता बोलाइएका मन्त्रीहरूले भने आफूलाई नसोधिएको भन्दै असन्तुष्टि जनाएका छन्।

नेकपा समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र हालका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा पठाउने निर्णय गरेको छ।

त्यस्तै, हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाउने निर्णय समाजवादीले गरेको छ। सोमबार शपथको कार्यक्रम गर्ने भनिए पनि हालसम्म राष्ट्रपतिको कार्यालयबाट सूचना जारी भएको छैन।

Skip This
Skip This
Logo