लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले ७७ जिल्लाबाटै १–१ जना मन्त्री बनाइयोस् भन्दै सरकारप्रति कटाक्ष गरेका छन्।
विकास बजेट मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्रीको जिल्लामा बढी विनियोजन भएकोप्रति रुष्ट उनले त्यसरी मन्त्री सबै जिल्लाबाट बनाउन संविधान संशोधन गर्नुपर्ने बताए।
विकासका लागि प्रधानमन्त्री र मन्त्री नभई नहुने भन्दै उनले सरकारप्रति ब्यङ्ग्य गरेका थिए। ‘म तेस्रो चोटी संसद्मा छु। विकास गर्नका लागि प्रधानमन्त्री हुनुपर्यो। उपप्रधानमन्त्री वा मन्त्री हुनुपर्यो', उनले भने 'त्यो भएपछि मात्र आफ्नो क्षेत्रमा विकास हुन्छ। ७७ जिल्लामा ७७ मन्त्री बनाइदिऔँ। संविधान संशोधन गरौँ। सांसदलाई हटाइदिऔँ। त्यसो भएपछि त मन्त्री हुँदा बजेट त जानेभयो।'
बजेट बनाउनु पहिले सांसदहरूसँग छलफल नगर्ने अनि एकै बजेट प्रस्तुत भएपछि छलफल गर्नुपर्ने स्थितिप्रति सङ्केत गर्दै कर्णले सांसदहरूलाई सरकारले कालीदास बनाउने प्रयास गरेको आरोप लगाए।





























प्रतिक्रिया