यातायात व्यवस्था विभागका महानिर्देशक बर्खास्त गर्न माओवादी सांसद विशंखेको माग

यातायात व्यवस्था विभागका महानिर्देशक बर्खास्त गर्न माओवादी सांसद विशंखेको माग

केन्द्रबिन्दु
0
Shares

माओवादी सांसद अञ्जना विशंखेले यातायात व्यवस्था विभागका महानिर्देशक तुरुन्त बर्खास्त गर्न माग गरेकी छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद् विशंखेले यस्तो माग गरेकी हुन्।

इम्बोस्ड नम्बर प्लेट जडान शुल्क महँगो भएको र १ महिनाभित्र २५ लाख सवारी साधनमा जडान गरिसक्न बाध्यकारी निर्देशन दिएको भन्दै सांसद विशंखेले यस्तो माग अघि सारेकी हुन्। 'इम्बोस्ड नम्बर प्लेट असारभित्र जडान गर्ने भनिएको छ। यस्तो निर्णय गर्ने कर्मचारी र निर्देशक (महानिर्देशक) तुरुन्त बर्खास्त गर्नुपर्छ। मन्त्रीलाई म भन्न चाहन्छु कि यस्तो निर्णय गर्ने गैरजिम्मेवार निर्णय गर्ने आँट कसरी भयो', उनले भनिन्, अहिले पनि लाइसेन्सका लागि दर्ता गरेर प्राप्त नगर्नेको ताँती छ। यातायातमा नवीकरण गर्न कति समय लाग्छ? असारभित्र इम्बोस्ड नम्बर जडान गर्ने भनेर निर्णय गर्नुजस्तो गैरजिम्मेवार निर्णय मलाई कुनै पनि लाग्दैन। अहिले लाइसेन्स लिन दुई तीन वर्ष लाग्छ। त्यसलाई छिटो बनाउने कुरामा यातायात मन्त्रालयले चासो दिएको छैन।'

विभागले इम्बोस्ड नम्बर प्लेट अनिवार्यबारे तीव्र आलोचना भएपछि यातायात व्यवस्था विभागले माफी मागेको छ।

यही जेठ २० गते विभागले सूचना जारी गर्दै बागमती र गण्डकीमा आगामी साउन १ सम्म सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नुपर्ने सूचना प्रकाशित गरेपछि तीव्र आलोचना भएको थियो।

Logo