इम्बोस्ड नम्बर ठेक्काबारे छानबिनकाे माग गर्दै युवा संघद्वारा अख्तियारमा उजुरी

इम्बोस्ड नम्बर ठेक्काबारे छानबिनकाे माग गर्दै युवा संघद्वारा अख्तियारमा उजुरी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितताको छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंमा उजुरी दिएको छ। 

उजुरीमा अनियमिततामा संलग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरिएको छ। 

युवा संघमा आवद्ध नेता कार्यकर्तासहित पुगेको टोलीले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का किन दिनु परेको ? इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि किन राख्नु नपर्ने ? एक महिनाभित्रै इम्बोस्ड नम्बर प्लेट राख्नु पर्ने किन ? लगायतका प्रश्न सोधेको छ। 

Logo