स्थानीय तहमा दुई दशक लामो समयसम्म जनप्रतिनिधी विहीन हुँदा जनताको अपेक्षा अनुसारको विकास निर्मााणको काम हुन सकेको थिएन । स्थानीय आबश्यकता अनुसारका विनकास निर्माणका काम त भएका थिएनन् नै शुरू भएका काम समेत समयमा नसकिने समस्या थियो ।
जनताप्रति उत्तरदायी जनप्रतिनिधीको अभावमा दीर्घकालिन महत्वका, दूरगामी महत्वका, सबै क्षेत्रलाई समेटेका योजना सञ्चालन गर्ने परिपाटीको अभाव थियो । २०७४ साल असारमा विराटनगर महानगरपालिकामा जनप्रतिनिधी निर्वाचित भएर आएपछि विराटनगर समृद्धिको बाटोमा अघि बढेको छ । समानुपातिक रूपमा दीर्घकालिन महत्वका परियोजनाहरू सञ्चालन भएका छन् । एक आधुनिक सुविधा सम्पन्न शहरमा चाहिने पूर्वाधार निर्माणमा महानगर अघि बढेको छ । व्यवस्थित र योजनाबद्ध रूपमा शुरू गरिएको यो विकास योजनाले भोलीको आधुनिक सुविधा सम्पन्न शहरको खाका कोरेको छ ।
जनताको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो । जनताको घर दैलोमा पुग्ने स्थानीय सरकारले प्रवाह गर्ने सेवा छिटो, छरितो र गुणस्तरीय बनाउनका लागि आफ्नै कार्यालय हुन आवश्यक छ । आफ्नै कार्यालय हुँदा सेवा प्रवाह प्रभावकारी हुने भएकाले महानगरपालिकाले प्राथमिकताका साथ वडा कार्यालय र महानगर कार्यपालिकाको भवन निर्माण गरेको छ । वडा नम्बर तीन, पाँच, छ, सात, आठ, नौ, १०, ११, १२, १४, १५, १६, १७, १८ र १९ का सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भइसकेका छन् । महानगरपालिका कार्यालयको भवन निर्माणको काम समेत धमाधम भइरहेको छ ।
त्यसैगरी, हिमालय रोडलाई महानगरपालिकाले सौन्दर्यीकरण गर्दैछ । एक करोड ६१ लाख रूपैयाँ लागतमा सौन्दर्यीकरणको काम भइरहेको यो योजना सम्पन्न भएपछि विराटनगरको गरिमा अझ बढ्ने छ । निर्माणको अन्तिम चरणमा रहेको यो योजना सम्पन्न भएपछि हिमालय रोडमा पानीको फोहोरा, राजनीतिक कार्यक्रम गर्न खुल्ला मञ्च, नाटक देखाउने डबली, बगैँचा, विद्युतिय सजावट लगायतका संरचनाले सजिने छ ।
आधुनिक शहरमा स्लटर हाउसको पनि त्यत्तिनै आबश्यक हुन्छ । नागरिकलाई स्वस्थ्य, सफा मासु उपलब्ध गराउन स्लटर हाउसको महत्वपूर्ण भूमिका हुन्छ । तर विराटनगर पुरानो र ऐतिहासिक शहर भएपनि स्लटर हाउस छैन् । जसले गर्दा विराटनगरवासीले सफा, स्वस्थ्य मासु उपभोग गर्न पाएका छैनन् । यो समस्या समाधान गर्न विराटनगर महानगरपालिकाले स्लटर हाउस निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरि सकेको छ । अहिले स्लटर हाउस निर्माणका लागि बोलपत्र आह्वान गर्ने चरणमा छ । निर्माणको प्रकृया शुरू भइसकेको हुनाले महानगरवासीको स्वस्थ्य र सफा मासु खाने चाहना छिट्टै पुरा हुने देखिन्छ ।
विराटनगरको हाटखोलामा गुरूकूल आरोहण थिएटर भवन निर्माण भएको छ । भारतीय दूतावासको सहयोगमा उक्त थिएटर भवन निर्माण सम्पन्न भएको हो । करिव तीन करोड ९० लाख रूपैयाँ लागतमा निर्माण भएको यो थिएटरले कला सस्कृतिको संरक्षणमा टेवा त पु¥याँछ नै विराटनगरवासीले नाटकको प्यास समेत मेट्न पाउने छन् ।
एशियाली विकास बैंकको ऋण सहयोगमा विराटनगरको ढल, नाला र डुवानको समस्या समाधान भएको छ । करिव छ अर्व रूपैयाँ लागतमा सम्पन्न यो परियोजनाले वडा नम्बर सात, नौ र १० को सबै ठाउँमा ढलको बिस्तार गर्नुका साथै वडा नम्बर दुई, आठ, पाँच, छ, ११ र १२ को घना बस्तीको भएको क्षेत्रमा ढल निर्माण गरको छ । छ हजार घर परिवार ढलको सञ्जालमा जोडिएका छन् । परियोजनाले विराटनगरको जतुवामा १३ बिघा जमिनमा ढलबाट आएको फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरेको छ । परियोजनाले ४५ किलोमिटर सडक स्तरोन्नती गरी कालोपत्रे गर्नुका साथै ६५ किलोमिटर नाला र ६५ किलोमिटर ढल निर्माण गरेको छ । यो परियोजनाले विराटनगरवासीको सुविधा त थपेको छ नै शहरको सौन्दर्यता समेत बढाएको छ ।
यस्तै, विराटनगरमा तारणीप्रसाद कोइराला स्मृती सञ्चारग्राम र महानगर एफएम सञ्चालनमा आएको हो ।
विराटनगरको वसपार्कमा आधुनिक वस टर्मिनल भवन निर्माण भएको छ । यो निर्माणसँगै हल्का पानी पर्दा पनि जलमग्न हुने विराटनगर वसपार्कको समस्या समाधान भएको छ । विराटनगर महानगरपालिकाको पहलमा शहीद मैदानमा फ्लड लाइट जडान भएको छ । फ्लड लाइट जडान पछि शहीद मैदानमा रातिको समयमा पनि खेल खेलाउन सहज भएको छ ।
यी र यस्ता भौतिक पूर्वाधारले विराटनगरको सुविधा मात्र थपेका छैनन् एउटा आधुनिक सुविधा सम्पन्न शहरको पहिचान दिएको छ ।
स्वास्थ्योपचारको गन्तव्य
पूर्वका नागरिकहरूको स्वास्थ्य उपचारको पहिलो गन्तव्य विराटनगर बन्दै गएको छ । विराटगरमा उच्च प्रविधियुक्त गुणस्तरीय उपचार सेवा दिन करिव अढाई दर्जन अस्पताल सञ्चालनमा छन् । जसमा एउटा सरकारी अस्पताल र बाँकी निजी र गैह्र सरकारी संस्थाद्वारा सञ्चालित अस्पताल छन् । आईसीयु, एनआईसीयु, सीसीयु, भेन्टिलेटर सहित यी अस्पतालमा दुई हजार तीन सय ५० भन्दा बढी शय्या रहेका छन् ।
संघीय सरकारले सञ्चालन गरेको तीन सय ५० शय्याको कोशी अस्पताल निम्न र निम्न मध्यम वर्गका नागरिकको पहिलो रोजाईमा पर्ने गरेको छ । न्यून शुल्कमा नै उपचार हुने भएकाले कोशी अस्पताल कम आयस्तर भएकाहरूको उपचारको गन्तव्य बनेको हो । एक सय शय्याको प्रसुती वार्ड रहेको कोशीमा हाडजोर्नी, मानसिक, जनरल फिजिसिएन, स्त्री रोग, छाला, यौन, नाक कान घाँटी, मुटु, फोक्सो लगायतको विशेषज्ञ सेवा उपलब्ध छ । अर्वुद रोगको प्रारम्भिक परीक्षण, किमोथेरापी र फलोअपका विरामीलाई कोशी अस्पतालले सेवा दिइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. यज्ञराज खरेलले जानकारी दिएका छन् । अस्पतालमा एक्सरे, ईसीजी, इको, अल्ट्रासाउण्ड, इन्डोस्कोपी, डायलासिस सेवाका साथै अत्याधुनिक प्रयोगशाला समेत सञ्चालनमा छ । कोभिड १९ महामारीको समयमा प्रदेश सरकारको सहयोगमा एक सय शय्याको छुट्टै कोभिड १९ उपचार केन्द्र सञ्चालनमा ल्याएको अस्पतालले सङ्क्रमितको चाप अत्यधिक बढेपछि अस्पतालमै छुट्टै ६० शय्याको कोभिड १९ वार्ड समेत सञ्चालनमा ल्याएको छ ।
विराटनगरमै रहेको नोवेल मेडिकल कलेजले सात सय ५० शय्याको अस्पताल सञ्चालन गरेको छ । मुटु, स्नायु, हाडजोर्नी, स्त्री, आँखा, नाक कान घाँटी, जेनरल मेडिसिन, पेट, प्रसुती, लगायतको सेवा नोवेलले दिँदै आएको अस्पतालका प्रवन्धक नारायण दाहालले बताएका छन् । नोवेलमा अत्याधुनिक प्रविधिबाट जटिल शल्यक्रियामा समेत हुने गरेको दाहालको भनाई छ । आईसीयु, एनआईसीयु, सीसीयु, भेन्टिलेटर सहितको सेवा प्रदान गर्दै आएको नोवेलमा डायलासिस, एक्सरे, ईसीजी, इको, इन्डोस्कोपी, अल्ट्रासाउण्ड, सीटी स्क्यान, एमआरआई सेवा समेत उपलब्ध छ । पूर्व मेचीदेखि पश्चिम सर्लाही, महोत्तरीसम्मका नागरिक उपचारका लागि नोवेलमा आउने गरेका छन् ।
विराटनगरमा रहेका न्यूरो, विराट, लाईफ गार्ड, हाम्रो र मोरङ सहकारीमा एक÷एक सय शय्या छन् । विराटनगरमा ५० शय्याका नौ वटा अस्पताल छन् । त्यस्तै, १० देखि २५ शय्यासम्मका १२ वटा अस्पताल छन् । यी अस्पतालले विशेषज्ञ सेवा प्रवाह गर्दै आएका छन् ।
विराटनगरमा रहेका न्यूरो, विराट, लाईफ गार्ड, मोरङ सहकारी, गोल्डेन, सप्तकोशी, सुरक्षा, आर्या न्यूरो विराटनगरमा ख्याती कमाएका अस्पताल हुन् । मुटु, स्नायु, हाडजोर्नी, मातृ शिशुको उपचार र निदानमा यी अस्पतालले ख्याती कमाएका छन् । यी अस्पतालले नेपालीलाई मात्र नभएर भारतीयलाई समेत सेवा प्रदान गर्दै आएका छन् ।
आँखा उपचारका लागि नेपालको पूर्वी क्षेत्र मात्रै होइनका भारतीयहरूका लागि समेत विराटनगर गन्तव्य बन्दै आएको छ । नेपाल नेत्र ज्योती संघले सञ्चालन गरेको विराटनगर आँखा अस्पतालले नेपालका मात्र होइन भारतीय आँखा रोगीलाई समेत सेवा दिँदै आएको छ । यहाँ आँखाको शल्यक्रिया र नानी प्रत्यारोपण समेतको सेवा विराटनगर आँखा अस्पतालले दिँदै आएको छ । पाँच सय शय्याको यो अस्पतालमा आँखा उपचारका लागि दैनिक सरदर नौ सय विरामी आउने गरेका छन् । जसमा ६० प्रतिशत भारतीय छन् । अस्पतालमा भारतको बिहार, पश्चिम वंगाल, झारखण्ड लगायतका राज्यका विरामी आउने गरेको अस्पतालका प्रवन्धक कुमार पृथुले जानकारी दिएका छन् । अत्याधुनिक प्रविधिबाट परीक्षण र शल्यक्रिया गर्ने गरेको प्रवन्धक पृथुको भनाई छ । अस्पतालले न्यून दृष्टि भएका र आँखा देख्दै नदेख्नेलाई जीवन यापन गर्न सजिलो होस भनेर सेतो छडीको प्रयोग, भान्सा व्यवस्थापन, शौचालय र स्नान गृहको प्रयोग गर्न समेत सिकाउने गरेको छ । यो सिकाईले आँखा देख्दै नदेख्ने र न्यून दृष्टि भएकाहरू लाभान्वीत हुँदै आएका छन् ।
निजी क्षेत्रबाट अरू आधा दर्जन आँखा अस्पताल सञ्चालनमा छन् । यी अस्पतालले पनि नेपाल र भारतका आँखाका विरामीलाई सेवा दिँदै आएका छन् । आँखा उपचारबाट के कति विदेशी मुद्रा विराटनगरले आर्जन गरिरहेको छ भन्ने कुराको भने यकिन तथ्याङ्क छैन् ।
गुणस्तरीय स्वास्थ्य उपचारका कारण भारतीयको आकर्षण विराटनगरमा बढेको छ । जसले गर्दा विराटनगरमा रोजगारी सिर्जना त भएको छ नै विदेशी मुद्रा आर्जन समेत भइरहेको छ ।
विराटनगर महानगरपालिकाले सबै १९ वटै वडामा स्वास्थ्य सेवा पु¥याएको छ । वडा नम्बर १५ रानीमा तीन शय्याको प्राथमिक स्वास्थ्य केन्द्र छ भने वडा नम्बर १९ वैद्यनाथपुरमा स्वास्थ्य चौकी छ । बाँकी १७ वटा वडामा भने आधारभूत स्वास्थ्य केन्द्र छन् । महानगरवासी सर्बैलाई आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको विराटनगर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले बताएका छन् । आधारभूत स्वास्थ्य केन्द्रमा नागरिकको सामान्य स्वास्थ्य परीक्षण, ड्रेसिङ, डाइबिटिज परीक्षण, निःशुल्क ३२ प्रकारका औषधी वितरण हुने कार्कीले जानकारी दिएका छन् । रानीको प्राथमिक स्वास्थ्य केन्द्र र वैद्यनाथपुरको स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पताल बनाउने गरी महानगरपालिकाले प्रकृया शुरू गरिसकेको शाखा प्रमुख कार्कीको भनाई छ । १५ शय्याको अस्पतालमा स्तरोन्नती भएपछि नागरिकले आफ्नै टोलमा छिटो छरितो स्वास्थ्य उपचार पाउने छन् ।
आर्थिक क्षेत्र
नेपालमै पहिलो उद्योगको रूपमा विराटनगर जुट मिल १९९३ साल असार ३० गते तत्कालिन उद्योग परिषदमा दर्ता भएको हो । झापा, मोरङ सुनसरी, सिराहा र सप्तरीमा अत्यधिक जुट उत्पादन हुन्थ्यो । उदयपुर र इलामको तराई क्षेत्रमा समेत प्रशस्त जुट उत्पादन हुने गरेको थियो ।
भारतको कटिहारमा दुई वटा जुट मिल थिए । ति जुट मिलले विराटनगरमा गल्ला राखेर जुट खरिद गर्ने गरेका थिए । सो समयमा किसानले एक मन जुट बिक्री गरेको पैसाले एक तोला सुन र घरलाई चाहिने मर मसला, मिडाई समेत किनेर लग्ने गरेको,मोरङ व्यापार संघले २०३८ सालमा प्रकाशन गरेको स्मारिकाको “मोरङको व्यवसायिक इतिहास”मा मातृकाप्रसाद कोइरालाले उल्लेख गरेका छन् । बढी आम्दानी हुने भएकै कारण किसान जुट उत्पादनमा आकर्षित भएका थिए र यो क्षेत्रको प्रमुख बालीमा जुट पर्दथ्यो ।
विराटनगरको आसपासमा अत्यधिक जुट उत्पादन हुने र श्रमिक पनि सस्तोमा पाईने भएकाले भारतीय उद्योगी विराटनगरमा जुट उद्योग खोल्न चाहन्थे । कलकत्ताका सेठ राधाकृष्ण चमरियाको कटिहारमा जुट मिल भएको र उनको विराटनगरमा जुट मिल खोल्ने इच्छा भएको मोरङ व्यापार संघले २०३८ सालमा प्रकाशन गरेको स्मारिकाको“मोरङमा औद्योगिक शुरूआत : मेरो सम्झाना” लेखमा जुद्धबहादुर श्रेष्ठले लेखेका छन् ।
विराटनगर बजारदेखि पाँच माइल टाढा भारतको जोगबनीमा रेल्वे स्टेशन भएपनि विराटनगरबाट जोगबनी जान राम्रो सडक थिएन । जुट मिलबाट रेल्वे स्टेशन पुग्न वर्षातमा छ/सात घण्टा लाग्ने गरेको जुद्धबहादुरले लेखेका छन् । जङ्गल भएका कारण जङ्गली जनावर र भुतको डरले रात साँझ मानिस हिँडडुल गर्न डराउने गरेको श्रेष्ठले उल्लेख गरेका छन् । बि. सं. १९९२ मा जुद्ध समशेर दौडाहामा आएको बेला उनको क्याम्प हरैँचामा थियो । कटिहारबाट आएका हरद्वारीमल झुनझुन वाला, मिस्टर चटर्जी सहित रामलाल गोल्छालाई कृष्णप्रसाद कोइरालाले प्रधानमन्त्री जुद्ध समशेरलाई भेट गराई विराटनगरमा उद्योगको ढोका उघार्ने काम गरेको सोही स्मारिकाको “मोरङको व्यवसायिक इतिहास”मा मातृकाप्रसाद कोइरालाले लेखेका छन् ।
सीमावर्ती बजार जोगबनीमा रेल सेवा भएको विराटनगरमा सस्तो श्रम पाइने भएका कारण कच्चा जुट भारत लानु भन्दा प्रशोधन गरेर लैजाँदा उत्पादन लागत र ढुवानी खर्च कम पर्ने भएका कारण प्रारम्भिक समयमा विराटनगरमा जुट उद्योग खुलेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एकका कार्यकारी निर्देशक राधारमण भण्डारीले जनाएका छन् । पछि विराटनगर सडक सञ्चालमा जोडिएपछि नेपालको विभिन्न ठाउँबाट कच्चा पदार्थ ल्याउन र उत्पादित वस्तु पु¥याउन सहज भएपछि अन्य उद्योगहरू खोल्ने क्रम बढेको कार्यकारी निर्देशक भण्डारीको भनाई छ । नेपालमा भएका उद्योगले राम्रो मुनाफा गर्न थालेपछि विराटनगरमा धमाधम उद्योग खुल्न थालेको कार्यकारी निर्देशक भण्डारी बताउँछन् । बि. सं. २००० अघिनै मोरङ कटन मिल, मिल, गुह्येश्वरी राइस मिल, नेपाल केमिकल इण्डस्ट्रिज लगायत, जुद्ध म्याच फ्याक्ट्री, नेपाल प्लाईउड बोविन कम्पनी, हिमालय जुट प्रेस जस्ता उद्योग खुलिसकेको जुद्धबहादुरले सोही लेखमा लेखेका छन् ।
विराटनगरबाट करिव पाँच सय किलोमिटरको दुरीमा बन्दरगाह भएको र बन्दरगाहसँग भारतको जोगबनी रेलमार्गले जोडिएका कारण कच्चा पदार्थ ल्याउन र उत्पादित वस्तु निर्यात गर्न सहज हुनुका साथै नेपालको विभिन्न ठाउँबाट सहज रूपमा विराटनगर सामान ल्याउन सकिने र विराटनगरबाट पनि देशको जुनसुकै ठाउँमा पनि वस्तु पठाउन सहज भएका कारण विराटनगरमा उद्योग व्यवसाय फस्टाएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहरा बताउँछन् ।
दुई दशक अघिसम्म विराटनगरमा साना तथा ठूला गरी दुई सय भन्दा बढी उद्योग सञ्चालनमा थिए । भारतीय बजार जोगबनीसँगै जोडिएको रानी स्थित उद्योग भएको क्षेत्रलाई मिल्स एरिया भनेर चिनिन्थ्यो । जहाँ विराटनगर जुट मिल, मोरङ सुगर मिल, नेपाल केमिकल इण्डस्ट्रिज लगायत, जुद्ध म्याच फ्याक्ट्री, नेपाल प्लाईउड बोविन कम्पनी, हिमालय जुट प्रेस, अशोक टेक्सटायल, शाह उद्योग, गणपती कटन मिल जस्ता धेरैलाई प्रत्यक्ष रोजगारी दिएका एक सय भन्दा बढी उद्योग सञ्चालनमा थिए ।
बन्दरगाह सम्मको सहज पहुँच, नेपालको जुनसुकै ठाउँ पनि जान सकिने, सुदृढ शान्ति सुरक्षा र कामदारको पर्याप्तता लगायतका कारणले विराटनगर आर्थिक केन्द्रको रूपमा विकास भएको महासंघका केन्द्रीय सदस्य बोहरा बताउँछन् ।
नेपालकै पहिलो उद्योग जसले आठ हजार भन्दा बढीलाई रोजगारी दिएको विराटनगर जुट मिल सहित मोरङ सुगर मिल, नेपाल केमिकल इण्डस्ट्रिज लगायत, जुद्ध म्याच फ्याक्ट्री, नेपाल प्लाईउड बोविन कम्पनी, हिमालय जुट प्रेस, अशोक टेक्सटायल, शाह उद्योग, गणपती कटन मिल जस्ता धेरैलाई प्रत्यक्ष रोजगारी दिएका उद्योग अहिले बन्द भइसकेका छन् ।
पछिल्लो दुई दशकमा विराटनगर एक दर्जन टेक्सटायल, पाँच दर्जन प्लाष्टिक, एक दर्जन खाद्यान्न, एक दर्जन गार्मेन्ट सहत करिव एक सय साना तथा ठूला उद्योग बन्द भएको कार्यकारी निर्देशक भण्डारीले जानकारी दिएका छन् । यसबाट २५ हजारले प्रत्यक्ष रोजगारी गुमाएको भण्डारीको तर्क छ ।
देशकै पहिलो उद्योग विराटनगर जुट मिल सहित करिव एक सय उद्योग बन्द भएपनि आर्थिक नगरीको विराटनगरको साख कायमै छ । विराटनगरमा १३ हजार संख्यामा व्यवसाय दर्ता भएको विराटनगर महानगरपालिकाको अभिलेखमा उल्लेख छ । १३ हजार दर्ता भएका व्यवसाय मध्ये कति साना उद्योग, कति ठूला उद्योग, कति घरेलु उद्योग र कति पसल÷व्यवसाय हुन भनेर महानगरले छुट्याएको छैन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एकका कार्यकारी निर्देशक राधारमण भण्डारीका अनुसार विराटनगरमा साना ठूला गरी एक सय उद्योग सञ्चालनमा छन् । यी उद्योगमा १५ हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । घरेलु र कुटिर उद्योगको संख्या दुई हजार भन्दा बढी हुनसक्ने व्यवसायीहरू बताउँछन् ।
विराटनगरमा सञ्चालनमा रहेका प्रमुख उद्योगहरूमा गार्मेन्ट, होजियारी, खाद्यान्न, प्लाष्टिक, कार्टुन, ट्रान्सफर्मर, अटोमोबाइल्स, छाला तथा जुट मिल रहेका छन् । गार्मेन्ट र होजियारीका दुई दर्जन भन्दा बढी उद्योग सञ्चालनमा छन् । चामल र पिठोका डेढ दर्जन उद्योग सञ्चालनमा छन् भने तेलका दुई वटा उद्योग सञ्चालनमा छन् ।
२००३ सालमा स्थापना भएको पुरानो र ऐतिहासिक रघुपति जुट मिल विराटनगरमा सञ्चालनमै छ । यसले तीन हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । राणा शासन विरूद्धको क्रान्तिमा रघुपति जुट मिलको एउटा कोठाबाट नेपाली कांग्रेसले प्रजातन्त्र रेडियोको प्रशारण गरी प्रजातन्त्रको बिगुल फुकेको थियो ।
बन्द भएको विराटनगर जृुट मिललाई औद्योगिक सङ्ग्राहलयमा विकास गर्न सके विराटनगरको महत्व र साख त बढ्छ नै ठूलो संख्यमा पर्यटक भित्र्याएर महानगरले राम्रो आय आर्जन गर्नुका साथै रोजगारी समेत सिर्जना गर्न सक्छ ।
महानगर सक्रिय हुँदा
विराटनगर महानगरपालिकामा वडा नम्बर १८ भेडियारीमा रहेको महाभारतकालिन विराट राजाको दरवार थियो भन्ने किंवदन्ती बाहेक दरवार भएको पुष्टि गर्ने ठोस आधार थिएन । स्थानीय कमलकिशोर यादवले संरक्षण गरेका विराट राजाको समयका केही माटाका सामग्री मात्र थिए । यादवले बाहेक दरवारको संरक्षण र प्रचारमा अन्यले चासो समेत देखाएका थिएनन् । पुरातत्व विभागका अधिकृत तारानाथ मिश्रको नेतृत्वमा आएको टोलीले २०२६ सालमा सो क्षेत्रको उत्खनन् गरेको थियो । मिश्र सहित प्रकाश दर्नाल, उद्धव आचार्य, शालिकराम कट्टेल, सन्दीप खनालको टोलीले उत्खनन गरेपनि उत्खननलाई तार्किक निस्कर्षमा पु¥याउने काम नहुँदा दरवार क्षेत्रको जमिन समेत अतिक्रमणमा प¥यो ।
२०७४ मा भएको स्थानीय तहको निर्वाचन पछि विराटनगर महानगरपालिकाको नेतृत्वमा आएका जनप्रतिनिधीले विराट राजाको दरबार उत्खनन्, संरक्षण, संवद्र्धन र विकासमा चासो देखायो । महानगरको अथक प्रयासपछि पुरातत्व विभागको टोलीले २०७८ साल पुस २६ गतेदेखि माघ १० गतेसम्म उक्त क्षेत्रमा उत्खनन ग¥यो ।
पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा आएको पाँच सदस्यीय विशेषज्ञ टोलीले गरेको अन्वेषणमा ईशापूर्व दोस्रो शताब्दीमा निर्माण भएको संरचना भेटियो । उत्खननका क्रममा दरवार भनिएको स्थानमा ऐतिहासिक मन्दिरको भग्नावशेष भेटिएको छ भने त्यस समयमा प्रयोग हुने ३४ सेन्टिमिटर लम्बाई, २५ सेन्टिमिटर चौडाई र पाँच सेन्टिमिटर मोटाई भएको ईंटा भेटिएको छ । झापाको किचकवध र यहाँको भग्नावशेषको अध्ययन गर्दा दुबै एउटै समयको भग्नावशेष पाइएको पुरातत्व अधिकृत ज्ञवालीले जानकारी दिए । विराट राजाको दरवार क्षेत्रमा किचकवध पोखरी सहित दरवार र मन्दिरको भग्नावशेष भेटिएको अधिकृत ज्ञवालीले बताए ।
पुरातत्व विभागले गरेको उत्खननमा, ईशापूर्व दोस्रो शताब्धीको पुरातत्व महत्वको ऐतिहासिक प्राचिन शहरको भग्नावशेष भएको पत्ता लागे पछि महानगरले सो क्षेत्रलाई संरक्षित क्षेत्र बनाई पर्यटन प्रवद्र्धन गर्ने योजना बनाएको छ । प्राचिन महाभारत, शिवपुराण जस्ता धार्मिक ग्रन्थमा उल्लेख भएको, पाँच पाण्डव र द्रौपदी समेतले गुप्तवास बसेको सो ठाउँमा भगवान श्रीकृष्ण पाण्डवलाई भेट्न आएको जस्ता ऐतिहासिक सन्दर्भका कारण विराटनगर महानगरपालिका यो क्षेत्रको विकास र विस्तारमा जुटेको छ । उक्त प्राचिन शहरको फैलावटका विषयमा पुरातत्व अधिकारीहरूको टोलीले निकालेको निस्कर्षका आधारमा महानगरले सो क्षेत्रलाई “विराट राजाग्राम” बनाउने भएको हो । सोका लागि एक सय ३९ बिघा जग्गा र १० अर्व रूपैयाँ आवश्यक पर्ने महानगरले जनाएको छ । महानगरको दिगो विकास योजनामा परेको यो योजना सम्पन्न भएपछि यो क्षेत्रको विकास हुनुको साथै रोजगारी वृद्धि र आय आर्जनमा वृद्धि भई यो क्षेत्रका नागरिकले गुणस्तरीय जीवन यापन गर्न सक्ने महानगरले जनाएको छ ।
विराटनगर महानगरपालिका भित्र फुर्सदमा घुमफिर गर्ने, साँझ÷बिहान साथी भाईसँग भेटघाट तथा जमघट गर्ने, केही क्षण सुस्ताउँदै थकाई मार्ने ठाउँको अभाव थियो । यसैलाई दृष्टिगत गरी विराटनगर महानगरको नेतृत्वले महेन्द्र चोक पूर्व तर्फको हिमालय रोडलाई सौन्दर्यीकरण गर्ने योजना ल्याएको हो । एक सय ३९ मिटर लम्बाई र ११ दशमलव छ मिटर चौडाईको सो सडकलाई सौन्दर्यीकरण गरी पर्यटन प्रवद्र्धन गर्ने महानगरको योजना छ ।
एक करोड ८३ लाख रूपैयाँ लागत अनुमान गरिएको सो सौन्दर्यीकरण योजनाको काम कला बिल्डर्स विराटनगरले एक करोड ६१ लाख रूपैयाँमा ठेक्का लिएर गरिरहेको छ । निर्माणको अन्तिम चरणमा रहेको यो योजनामा महानगरले पानीको फोहोरा, राजनीतिक कार्यक्रम गर्न खुल्ला मञ्च, नाटक देखाउने डबली, बगैँचा, विद्युतिय सजावट लगायतका संरचना बनाउँदैछ । दक्षिण तर्फको छेउबाट एकतर्फी रूपमा सवारी साधनको वारपार गर्न मिल्ने ठाउँ छाड्ने भएकाले आवागमनमा कठिनाई नहुने महानगरले जनाएको छ ।
अलिकति पानी प¥योकी विराटनगरको वसपार्क जलमग्न र हिलाम्मे हुन्थ्यो । हिलाम्मे वसपार्क भएका कारण यात्रुलाई वसमा चढ्न र उत्रन साह्रै सकस थियो भने यात्रुको सामान हिलो र पानीले नष्ट गर्ने गरेको थियो । हल्का पानी पर्दा पनि खुट्टा टेक्न नसकिने विराटनगरको वसपार्कमा अहिले सुविधा सम्पन्न भएको छ ।
डेढ बिघा क्षेत्रफलमा निर्माण गरिएको सो वसपार्क अत्याधुनिक र सुविधा सम्मपन्न छ । सो वस टर्मिनलमा एक पटकमा साना ठूला गरी ५० देखि ५४ वटा सम्म वस रोक्न सकिन्छ । नगर विकास कोषको आठ करोड ७४ लाख रूपैयाँ ऋण सहयोगमा विराटनगर महानगरपालिकाले सो वस टर्मिनल निर्माण गरेको हो । सो वस टर्मिनलनमा ब्यवस्थित टिकट काउन्टर, यात्रु प्रतिक्षालय, रेष्टुरेन्ट, झोला राख्ने कोठा, सार्वजनिक शौचालय छन् । पहिलो तलामा टिकट काउन्टरसहित यात्रु प्रतिक्षालय र पसल छन् भने दोस्रो तलामा रेष्टुरेन्ट, लगेज कक्ष र प्रशासन कक्ष रहे को छ । वस टर्मिनल सञ्चालनमा आएसँगै वर्षामा पानी जमेर हिलाम्मे हुने र सुख्खायाममा धुलोको समस्या भोग्दै आएका यातायात व्यवसायी÷मजदुर÷कर्मचारी, यात्रु र स्थानीयवासीले राहतको सास फेरेका छन् ।
कुनै सयम विराटनगरका सडकमा मानसिक सन्तुलन गुमाएका, अशक्त र बेवारिसे मानिसहरू छ्यापछ्याप्ती देखिन्थे । त्यस्ता बेवारिसे मानिसहरूलाई मानव सेवा आश्रमले लगेर आश्रममा राखी उनीहरूको उपचारका साथै अन्य सेवा गर्न थालेपछि अहिले त्यस्ता मानिस सडकमा देखिन छाडेका छन् ।
मानव सेवाको पवित्र उद्देश्य लिएर विराटनगर महानगरपालिका वडा नम्बर १० र तीनमा सञ्चालित मानव सेवा आश्रमको घरभाडा महानगरले तिर्दै आएको छ । आश्रमले शिशुदेखि बृद्धबृद्धासम्मलाई आश्रय दिँदै आएको छ ।
प्रतिक्रिया