जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न एमाले सांसद नविना लामाको माग

जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न एमाले सांसद नविना लामाको माग

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग गरेकी छन्।

प्रतिनिधि सभाको बिहिबारको बैठकको शून्य समयमा बोल्दै लामाले जनक शिक्षाले समयमा पाठ्यपुस्तक पुर्‍याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने बताइन्।

पाठ्यपुस्तक छाप्न र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री केन्द्रको औचित्य पुष्टी नहुने उनको भनाई थियो। ‘कक्षा ६ र ८ को पुस्तकको अभाव छ। पुस्तक किन अभाव भयो? जनक शिक्षा सामग्री बचाउने नाममा विद्यार्थीहरूले पुस्तक कहिल्यै पाएनन्’, सांसद लामाले भनिन्, ‘यदि छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री किन चाहियो? सरकारले किन पैसा दिइरहने ? खारेज गरौँ।'

जनक शिक्षा सामग्रीको व्यवस्थापनको कमजोरीले विद्यार्थीहरूले समयमै पाठ्यपुस्तक नपाएको बताउँदै उनले त्यहाँका पदाधिकारी जवाफदेहीसमेत नबनेको बताइन्।

Logo