मिटरब्याजीलाई कारबाही गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

मिटरब्याजीलाई कारबाही गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी सप्तरीका रामदेव तेलीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् ।

तेलीले चर्को ब्याजमा ऋण दिएर सप्तरीका विपन्न नागरिकमाथि अत्याचार गरेको भन्दै समाचार प्रकाशित भएपछि देउवाले खाँणलाई उक्त निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

प्रतिनिधिसभामा पनि सांसदहरूले मिटर ब्याजीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

Logo