फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्छ : सांसद श्रेष्ठ

फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्छ : सांसद श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन् ।

शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्यान्डफिल साइड बन्चरे डाँडा र सरकारवाला निकायहरूबीचको छलफलमा नेता श्रेष्ठले त्यस्तो बताएका हुन् ।

अहिले फोहोरका कारण काठमाडौं बस्न नसक्ने अवस्थामा रहेको भन्दै उनले यसको तत्काल समस्या समाधान गर्नुपर्ने बताए । नेता श्रेष्ठले फोहोर व्यवस्थापनको स्थायी समाधान खोजेर ल्यान्डफिल साइटका बासिन्दाहरूलाई पनि न्याय र सफा वातावरणमा बस्ने कुराको सुनिश्चितता गर्नुपर्ने बताए । काठमाडौंको फोहोरको समस्या राष्ट्रिय समस्याका रुपमा आइसकेकोले सबै गम्भीर र सचेत हुन आवश्यक रहेको उनको भनाई थियो । उनले भने ‘अहिले काठमाडौंमा हेर्नै, बस्नै नसकिने स्थिति छ । काठमाडौंको जनस्वास्थ्यको कुरा गरिरहँदा ल्यान्डफिल साइटको वरपर बस्ने स्थानीय जनसमुदायहरू हुनुहुन्छ तपाईँहरूले भोग्नुभएको समस्या पनि कम छैन । यसको स्थायी समाधान नखोजिकन हुँदैन । सधैँ पटके ढंगबाट समाधान गर्ने र फेरि दोहोरिने कुराले अब हामी अघि बढ्न सक्दैनौँ ।’

नेता श्रेष्ठले कानूनी रुपमा जिम्मेवारी लिएका निकायले आफ्नो जिम्मेवारीलाई पूर्ण पालना गर्नुपर्ने बताउदै सरकारसँग भएका विभिन्न सम्झौताहरूलाई समयमै कार्यान्वयन गर्ने कुरामा गम्भीर हुनु आग्रह गरे ।

Logo