मजदुरलाई सरकारले सुरक्षा दिन्छ : गृहमन्त्री खाण

मजदुरलाई सरकारले सुरक्षा दिन्छ : गृहमन्त्री खाण

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासन सदैव मजदुरको पक्षमा उभिने प्रतिवद्धता जनाएका छन्। गृहमन्त्री खाँणले मजदुरलाई कसैले दुःख दिन नपाउने गरी शान्ति सुरक्षाको व्यवस्था गर्न सरकार सधैँ लागिरहने समेत बताए।

आइतबारबाट काठमाडौंमा सुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले मजदुरहरुले सम्पर्क गरे शान्ति सुरक्षाका लागि गृह प्रशासन जतिखेर पनि तयार रहेको बताए। कुनै पनि मजदुरलाई कसैले पनि दुःख दिन नपाउने उल्लेख गर्दै गृहमन्त्री खाँणले उनीहरुको पक्षमा सरकार जहिले पनि उभिने बताए। 

‘मजदुरको सुरक्षाका लागि, मजदुरको हकका लागि आवश्यक पर्‍यो भने तपाईंहरुको पक्षमा जहिले पनि गृह प्रशासन रहन्छ । उद्योगी, व्यवसायीहरुलाई पनि प्रोत्साहित गर्दै उनीहरुको व्यवसायको पनि संरक्षण र प्रवद्र्धन गर्दै मजदुरको अधिकारलाई प्राथमिकता दिनेछौँु, उनले भने, ुकुनै पनि मजदुरलाई कसैले पनि ह्यारेस गर्न पाउँदैन । कुनै पनि श्रमिकलाई कसैले पनि दुःख दिन पाउँदैन। यदि मजदुरलाई कसैले पनि दुःख दियो भने सरकार, सुरक्षा निकाय, गृह प्रशासन मजदुरको पक्षमा उभिने विश्वास दिलाउन चाहन्छु।’गृहमन्त्री खाँणले मजदुरहरुको हितकै लागि सरकारले उद्योग, व्यवसायको संरक्षण र प्रवद्र्धनमा पनि उत्तिकै जोड दिने स्पष्ट पारेका छन्। 

 

Logo