शशांक कोइरालाले गरे प्रधानमन्त्री देउवाको प्रशंसा

शशांक कोइरालाले गरे प्रधानमन्त्री देउवाको प्रशंसा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी गरेका छन् ।

नेता कोइरालाले प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको रुपमा लिएको निर्णयमा आफूहरुको कुनै विरोध नभएको स्पष्ट पारे । सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कोइरालाले पार्टी भित्र सबैसँग सल्लाह गरेर नै देउवाले निर्णय लिने भएकाले यसमा असहमती राख्नुपर्ने कुनै कारण नरहेको प्रतिक्रिया दिए ।  

पार्टीका पदाधिकारीहरुलाई पनि देउवाले पद अनुसारको भूमिका दिएको महामन्त्री कोइरालाको भनाई थियो । उनले भने, ‘हरेक निर्णय गर्दा हाम्रो पार्टी सभापति शेरबहादुर देउवाजीले सबैसँग सल्लाह गर्नु हुन्छ । सर्बदलीय बैठकमा मुख्यमुख्य मान्छेहरु गएर निर्णय गरिन्छ । तर धेरैजसो निर्णयहरु ठिकै भएको छ । यसमा हाम्रो कुनै विरोध छैन । पदाधिकारीहरु सबैले आ–आफ्नो भूमिका पाईरहेका छन ।’

नेता कोइरालाले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति सुद्धिकरण आयोग आफू मातहत राख्ने/नराख्ने भन्ने कुरा प्रधानमन्त्रीको अधिकारको कुरा भएकाले त्यसमा विरोध गर्नुको कुनै अर्थ नरहेको तर्क गरे ।
 

Skip This
Skip This
Logo