मंसिरको पहिलो हप्ता प्रतिनिधिसभाको चुनाव गर्ने निर्वाचन आयोगको तयारी

मंसिरको पहिलो हप्ता प्रतिनिधिसभाको चुनाव गर्ने निर्वाचन आयोगको तयारी

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरको पहिलो साता गर्नेगरी तयारी गरेको छ ।

मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन कानुन अनुसार मंसिर पहिलो साताभित्र चुनाव गर्नुपर्ने भएकोले सोही अनुसार आयोगले तयारी गरिरहेको बताए ।

चुनावको मिति तोक्नका लागि आयोगले सोही मिति सरकारलाई सिफारिस गर्ने उनले बताए । शर्माले आगामी चुनावबारे सरकारसँग छलफल नभएको र छिट्टै सरकारसँग भेटघाट हुने बताए । विदेशमा रहेका नागरिकलाई मतदान गर्न दिनसक्ने अवस्था नभएको बताएका छन ।

Logo