काठमाडौं ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काकडभिट्टा इनरुवा रेलमार्गको प्रक्रिया रोकेर तत्काल छानविन गर्न माग गरेका छन् ।
रेलमार्ग निर्माणका लागि खुला प्रतिस्पर्धाबिना निश्चित ठेकेदारलाई पोस्ने गरी हचुवाका भरमा ठेक्का दिनु गलत भएको उनको धारणा छ।
आवश्यक गृहकार्य र तयारी बिना ठेक्कापट्टाको हतारो गरिएको भन्दै पौडेलले आज एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
परियोजना निर्माणस्थलको धरातल प्रष्ट नभई सार्वजनिक खरिद ऐन ८, ९, १० र १५ तथा खरिद नियमावली (६) विपरीत रेलमार्ग निर्माणका लागि खुला प्रतिस्पर्धाबिना निश्चित ठेकेदारलाई पोस्ने गरी हचुवाका भरमा ठेक्का दिनु गलत छ। विज्ञप्तिमा भनिएको छ, राष्ट्रिय ढुकुटीबाट रेलमार्ग निर्माणका नाममा ३५ अर्ब रूपैयाँ हचुवाका भरमा खर्च गर्नु अनुचित छ।






























प्रतिक्रिया