एक विद्यालय एक नर्स कार्यक्रमलाई २८ करोड बजेट विनियोजन

एक विद्यालय एक नर्स कार्यक्रमलाई २८ करोड बजेट विनियोजन

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेश सरकारले एक माध्यामिक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिन २८ करोड रुपैयाँ निनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष  २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेलले किशोरीहरुको यौन तथा प्रजनन तथा परामर्श सेवा प्रदान गर्न एक विद्यालय एक नर्स कार्यक्रमलाई आगामी वर्ष थप ६० विद्यालयमा विस्तार गर्न २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् । उनले मातृ मृत्युदर घटाउन आमा सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

Logo