डिजेल पेट्रोलको स्टक बिक्री नसकी मूल्य बढाएर करोडौं घोटाला गरियो : एमाले

डिजेल पेट्रोलको स्टक बिक्री नसकी मूल्य बढाएर करोडौं घोटाला गरियो : एमाले

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले स्टक डिजेल पेट्रोल बिक्री रोकी मूल्य बृद्धि गर्दै करोडौँ रुपैयाँ घोटाला भएको बताएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद पद्मा अर्यालले पुरानो मूल्यमा आइतबार दिउँसो पेट्रोल पम्पहरुमा पेट्रोल र डिजेल पठाएर राति १२ बजेदेखि नयाँ मूल्य कायम गरी करोडौं रुपैयाँको  चलखेल भएको बताइन् । 
उनले मूल्यवृद्धि अघि आइतबार दिउँसोसम्म पेट्रोल पम्पहरुमा ३२ लाख ३४ हजार लिटर पेट्रोल र ४५ लाख २१ हजार डिजेल मौज्दात रहेको र मध्यरातदेखि भाउ बढाएर व्यापारीलाई पेट्रोलमा ६ करोड ७९ लाख १४ हजार र डिजेलमा १२ करोड २० लाख ६७ हजार रुपैयाँ गरी कुल १८ करोड ९९ लाख ८१ हजार घोटाला भएको बताइन् । यसभन्दा अगाडि २२ करोड रुपैयाँ घोटाला भएको भन्दै उनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबाट भएको घोटालाको छानविन गर्न आग्रह गरिन् । 

उनले सम्बन्धित मन्त्रीले सदनमा आएर जवाफ नदिँदा सम्म सदन चल्न नदिने बताइन् । उनले सभामुखले सम्बन्धित मन्त्रीलाई जवाफका लागि रुलिङ गर्न माग गरिन् ।  सभामुख अग्नि सापकोटाले एमालेले उठाएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै मूल्य वृद्धिका बारेमा सत्यतथ्य के हो त्यसबारे सदनमा जानकारी गराउनका लागि सबन्धित मन्त्रीलाई निर्देशन दिएपछि एमालेले सुरु गरेको अवरोध स्थगित गरेको थियो ।

 

Logo