सत्तारुढ दल नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धिको विरोध गरेको छ ।
अध्यक्ष सुदेश पराजुली नेतृत्वको अखिलका विद्यार्थीले शंकरदेव क्याम्पस अगाडि अर्थमन्त्री जनार्दन शर्मा र आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको पुत्लासमेत जलाएका छन् । सोक्रममा प्रहरीले बल प्रयोग गर्दा सामान्य झडपसमेत भएको छ । मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।
प्रतिक्रिया